stcnepal long ad
ime life insurance
national life
global ime bank long

डिजेल र मट्टितेलको मूल्य घट्दा पेट्रोलको बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुइ रुपैयाँ मूल्य बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ । नयाँ मूल्य अनुसार, काठमाडौं उपत्यका भक्तपुर जिल्ला बाहेकमा पेट्रोल प्रतिलिटर रू १६१ मा कारोबार हुनेछ।

यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर रू १४९ मा उपलब्ध हुनेछ। भक्तपुरको इन्धन डिप्पोबाट तेल भर्ने उपभोक्ताले प्रतिलिटर थप ०.२५ पैसा महँगो पर्नेछ। समायोजित नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

 

prabhu mahalaxmi
kumari