stcnepal long ad
ime life insurance
global ime bank long

अमुदी फुड्सको यु–एन–मी ब्रान्डले गुणस्तरीय नुडल्स उत्पादन सुरु

अन्तर्राष्ट्रिय बजारमा नेपाली स्वादको नयाँ पहिचान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। अमुदी फुड्स लिमिटेडले आफ्ना लोकप्रिय U-n-Me ब्रान्डअन्तर्गत गुणस्तरीय नुडल्स उत्पादन सुरु गरेको छ। कम्पनीका कार्यकारी अध्यक्ष अच्युत बस्नेतका अनुसार १९ वर्षको सफल यात्रामा स्न्याक्स क्षेत्रमा उपभोक्ताको विश्वास जित्दै आएको ब्रान्डले अब नुडल्सलाई पनि रणनीतिक रूपमा अघि बढाएको हो।

यस उत्पादन विस्तारका लागि ग्लोबल आईएमई क्यापिटलसँग सहकार्य गर्दै पब्लिक इनभेष्टमेन्ट मार्फत आवश्यक लगानी व्यवस्थापन गरिएको छ जसले आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको छ।

गुणस्तरीय नुडल्सको उत्पादन सुरु भएसँगै स्वदेश तथा विदेशमा नेपाली स्वादको पहुँच विस्तार गर्ने कम्पनीको प्रमुख लक्ष्य रहेको बस्नेतले बताए।

उद्योगले निरन्तर अत्याधुनिक प्रविधि प्रयोग गरी बजार विस्तार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नेपाली ब्रान्डको रूपमा U-n-Me लाई स्थापित गर्ने योजना बनाएको छ।

साथै, कम्पनीले आगामी आर्थिक वर्ष २०८३/०८४ मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। स्न्याक्सको क्षेत्रमा U-n-Me Cheesy Cheese Ring, U-n-Me Cheese Ball, U-n-Me Masala Munch, U-n-Me Pomess, U-n-Me Potato Chacker, U-n-Me Tangy Tomato Ring, U-n-Me Akabara Chatpate , U-n-Me Grand, U-n-Me Fire Ball, U-n-Me Mixed Dalmotha, U-n-Me Plain Bhujia, U-n-Me Any Time Dalmotha, U-n-Me Aloo Bhujia र U-n-Me Salted Penauts साथै U-n-Me Masala जस्ता उत्पादनहरू बजारमा लोकप्रिय बनाउँदै आएको ब्रान्डले अब नुडल्स उत्पादनलाई पनि रणनीतिक रूपमा अघि बढाएको छ।

नयाँ उत्पादन सुरु गरेसँगै अमुदी फुड्सले देशभर वितरण सञ्जाललाई समेत बलियो बनाउँदै बजार पहुँचलाई अझ सशक्त बनाउने योजना अगाडि सारेको छ।

अमुदी फुड्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौं–३२, कोटेश्वरमा रहेको छ भने उद्योग भरतपुर–१२, चितवनमा रहेको छ।

prabhu mahalaxmi
kumari