शुक्रबार सुन र चाँदीको भाउ घट्यो

काठमाडौं । नेपाल बजारमा शुक्रबार सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर २ हजार रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार १० रुपैयाँमा किनबेच भएको थियो।