sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

हिमालयन रिइन्स्योरेन्सले पायो वैदेशिक रोजगार बीमा कोष सञ्चालनको अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगारी म्यादी जीवन बीमासँग सम्बन्धित सामूहिक बीमा कोष सञ्चालनको जिम्मा निजी क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सलाई दिएको छ।

यो निर्णय अनुसार वैदेशिक रोजगार बीमालेखबाट संकलित रकम व्यवस्थापन गर्ने कार्य आगामी चार वर्षसम्म उक्त कम्पनीले एकल रूपमा सञ्चालन गर्नेछ।

प्राधिकरणले २०८१ मा तयार पारेको निर्देशनको पाँचौं दफामा व्यवस्था भएअनुसार स्वीकृत पुनर्बीमा कम्पनीले पालैपालो चार–चार वर्षका लागि कोष प्रबन्धकको भूमिका निर्वाह गर्न सक्ने प्रावधान रहेको छ।

सोही प्रावधानलाई आधार मानी हाल सञ्चालन जिम्मा हिमालयन रि इन्स्योरेन्सले पाएको हो। यसअघि भने दुई पुनर्बीमा कम्पनीहरू संयुक्त रूपमा कोष प्रबन्धनमा संलग्न हुने व्यवस्था थियो।

हाल नेपालमा दुई पुनर्बीमा कम्पनी मात्रै सञ्चालनमा छन्ने नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्स। दुबै कम्पनीलाई छलफलका लागि प्राधिकरणले फागुन ४ गते आमन्त्रण गरेको थियो। छलफलपश्चात आपसी सहमतिमा हिमालयनले कोषको जिम्मेवारी पाउने गरी निर्णय लिइएको हो।

प्राधिकरणले वैदेशिक रोजगार बीमालेख सम्बन्धी निर्देशन दोस्रोपटक संशोधन गर्दै संयुक्त व्यवस्थापनको व्यवस्था हटाएको छ। अब एक पटकमा एक कम्पनीले मात्रै चार वर्षका लागि बीमा कोषको प्रबन्ध गर्नेछ। यसले व्यवस्थापनलाई थप स्पष्ट र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

नयाँ संशोधित निर्देशिकामा बीमाशुल्कको रकम तत्काल खातामा जम्मा गर्नुपर्ने प्रावधान पनि हटाइएको छ।

अब प्रत्येक महिनाको पहिलो १५ दिनको विवरण १६ गतेभित्र र बाँकी महिना मसान्तसम्मको विवरण अर्को महिनाको पहिलो दिन बुझाउने व्यवस्था गरिएको छ। बीमाशुल्क प्राप्तिको दैनिक पुष्टि गर्ने व्यवस्था पनि खुकुलो बनाइएर अब केवल नियमित रूपमा एकीन गर्नुपर्नेछ।

gold
prabhu bank
nawakantipur long