stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एशियन लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशतसम्म ब्याज छुट दिने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा १०० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरुमा आज वैशाख १२ गतेदेखि असार २० गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने घोषणा गरेको हो।

१० वर्षदेखि माथि व्यतित बीमालेखमा १०० प्रतिशत, ५ वर्षबाट १० भन्दा भन्दा कम व्यतित भएको बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छुट दिइने कम्पनीले जनाएको छ।

दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुुट प्रदान नगरिने कम्पनीले स्पष्ट पारेको छ। एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari