बजारमा आज सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३९ सय रुपैयाँले घटेको छ।
योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो सुन अहिलेसम्मकै भहंगो भएको थियो । हिजो १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।आज चाँदीको भाउ पजि घटेको छ ।
आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।