stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बलेफी हाइड्रोपावरको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ देखि पुस १७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ।

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेकोले कात्तिक २० गतेसम्म यस कम्पनीको शेयर खरीद गरेका र रीतपूकर्व आवेदन दिएका सबै आवेदकले हकप्रद शेयर प्राप्त गरेका छन्।

कम्पनीको हकप्रद शेयर चैत १९ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको कम्पनीले जनाएको छ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूले सो गरेपछि र शेयर धितो राखेर कर्जा लिएका शेयरधनीहरूले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि हकप्रद शेयर स्वतः डिम्याट खातामा पठाइने कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

kumari bank
kumari
nawakantipur long