sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बिहीबार सुनको मूल्य नयाँ रेकर्ड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य नयाँ रेकर्ड बनाएको छ। हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको हो ।

यसैबिच चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

gold
nawakantipur long