stcnepal long ad
ime life insurance
national life
global ime bank long

ॐ हस्पिटल र सानिमा जिआईसी इन्स्योरेन्सबीच क्यासलेस सेवा सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सानिमा जिआईसी इन्स्योरेन्सबीच सेवा सम्झौता भएको छ।

काठमाडौं गैह्रिधारास्थित सानिमा जिआईसी इन्स्योरेन्सको मुख्य कार्यालयमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सेवा सहजीकरण तथा क्यासलेस सेवा सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार सानिमा जिआईसी इन्स्योरेन्सका ग्राहकलाई ॐ हस्पिटलमा उपलब्ध उच्चस्तरको स्वास्थ्य उपचार सेवा अस्पतालको नागरिक बडापत्रमा उल्लेख गरिएअनुसार उपलब्ध गराउने, इन्स्योरेन्स समबद्ध अधिकारीहरुलाई अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई अस्पतालको नियमानुसार भेट्न सहजीकरण गरिदिने, इन्स्योरेन्स सम्बद्ध चिकित्सकहरुलाई ॐ अस्पतालका उपचारमा संलग्न चिकित्सकहरुसँग उपचार योजनाबारे छलफल तथा परामर्शका लागि सहजिकरण गरिदिने, उपचारका बिल बिजकहरु तथा मेडिकल रेकर्डहरुबारे आवश्यकताअनुसार सानिमा जिआईसीका अधिकारीहरुलाई जानकारी दिने, हरेक बिरामीको उपचारका बिल बिजकहरु अलग्गै अडिट गर्नुपर्ने देखिएमा निश्चित समय तोकेर सहजीकरण गरिदिनेलगायका बुँदाहरु समेटिएका छन्।

IME Lifesidebar
kumari