बजारमा आज सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
यससँगै सुन १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज पनि चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।