stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

मनकामना केबलकार मर्मत सम्भारका लागि चैत १४ गते सेवा बन्द हुने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं। मनकामना केबलकार चैत १४ गते बिहीबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लि.ले सोमबार एक सूचना प्रकाशित गरी चैत १४ गते बिहीबार केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द हुने जनाएको हो ।

मनकामनना केबुलकारको नियमित टावरको मर्मत सम्भार गर्नुपर्ने भएकाले एक दिनका लागि बन्द गर्न लागिएको बताइएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल शेरचनका अनुसार वटम स्टेशनस्थित रेस्टुरेन्ट सेवा भने यथावत रुपमा सञ्चालन हुनेछ । २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा केबुलकार सञ्चालनमा ल्याइएको हो ।

२६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएपछि पुनः त्यसको मर्मत कार्य गर्नुपर्ने भएको मनकामना केबलकार प्रालिले जनाएको छ ।

केबुलकार बन्दले दर्शनर्थीलाई परेको असुविधाप्रति मनकामना केबुलकारले क्षमायाचन गर्दै चैत १५ गते शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याइने जनाएको छ ।

prabhu mahalaxmi
kumari