stcnepal long ad
global ime bank long

आजको तरकारी र फलफूलको थोक मूल्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बिहिबार थोकमा ठूलो गोलभेडा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा २०.६७, रातो आलु ३४, सुकेको प्याज ७१, गाजर लोकल ३५, गाजर तराई २५, बन्दा लोकल १२.३३, बन्दा तराई १२.३३, बन्दा नरिवल १२.३३, स्थानीय काउली १२.३३, स्थानीय काउली ज्यापु १७.६७, तराई काउली १२.३३, सेतो मुला १७.६७, लाम्चो भान्टा २५, डल्लो भान्टा ४५, मटरकोशा ४५, घिउ सिमी लोकल ४०, घिउ सिमी हाइब्रीड ४०, घिउ सिमी राजमा ७५, टाटे सिमी ४० र तिते करेला ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

लौंका ४५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी ९५, बरेला ३५, पिडालु ८५, स्कुस ३५, रायो साग १२.३३, पालुङ्गो साग ४०, चमसुर साग ४०, तोरीको साग २२.६७, मेथीको साग ४०, प्याज हरियो ३५, बकुला ६५, तरुल ८५, कन्ये च्याउ १०५, डल्ले च्याउ ३८६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली २५, बन्दा रातो ६५, जिरीको साग ६५, सेलरी ३५०, पार्सले ६५०, अदुवा ११५, भेडे खुर्सानी ६५ र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य

IME Lifesidebar
kumari