आज सुन चाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १९ सय रुपैयाँले बढेको छ ।
यससँगै छापावाल सुन १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ६२ हजार ८०० रुपैयाँ कायम कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९३० रुपैयाँमा करोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८९० रुपैयाँमा किनबेच भएको थियो।