नेपाली बजारमा आज सुनको मूल्य घटे
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने सुन तोलामा एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो । यता, चाँदी पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको हो ।