हुन्डाई नेपालको नयाँ क्रेटा
काठमाडौँ । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ ।
कम्पनीले हुन्डाई क्रेटाको नयाँ डिजाइनको बम्पर, अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल र स्लिक क्वाड बिम एलईडी हेडल्याम्प राखेको छ ।
पेट्रोल र १.५–लिटर डिजेल इन्जिन रहेको नयाँ क्रेटामा ३० भन्दा बढी सुरक्षा सुविधा छन् । यसमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यु मोनिटर, ब्लाइन्ड–स्पट भ्यु मोनिटर, अटो होल्ड इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टम छ ।
साथै कम्फनीले नयाँ गाडी त्रेटालाई थप आकर्षित बनाउन साइड लाइन, नयाँ एलोय ह्वील राखेको जनाएको छ ।
यसैगरी गाडीको पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रि–डिजाइन गरिएको बम्पर समावेश छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा नयाँ ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ ।
यसमा दुवै स्क्रिन समान १०.२५ इन्चका छन् । ८–स्पिकर बोस साउन्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिङ, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल यसको विशेषता रहेको कम्पनीले जनाएको छ ।