सुन/चाँदीको मूल्यले राख्यो नयाँ रेकर्ड, यसकारण फेरि बढ्यो

काठमाडौं । यो साता पनि विश्व बजारमा सुन तथा चाँदी दुवैको मूल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ ।
सुन भण्डारणमा लगानी बढाउने चीनको रणनीतिसँगै मूल्यमा चाप परेको विश्लेषकहरुले तर्क गरेका छन् । साताको पहिलो दिन अर्थात, आइतबार र सोमबार पनि सुनको मूल्यले नयाँ उचाई कायम गरेको थियो ।
त्यसपछिका दिनमा भने मूल्य घटेको छ । नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन हालसम्मकै उचाई रेट प्रति १० ग्राम १ लाख २१ हजार ५७० रुपैयाँ पुगेको थियो ।
त्यसपछिका दिनमा भने क्रमशः घटेर शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम १ लाख १७ हजार ३७० रुपैयाँ कायम भएको छ । यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रति १० ग्राम ३ हजार ४३० रुपैयाँ कम हो ।
यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि उच्च रेकर्ड राखेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ६३७ रुपैयाँ ५० पैसा रहेको चाँदीको मूल्य साताको दोस्रो दिन रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ६६३ रुपैयाँ पुगेको थियो ।
त्यसपछिका दिनमा भने भाउ घटेरको छ । शुक्रबारसम्म प्रति १० ग्राम १ हजार ५९० रुपैयाँ कायम भएको छ ।