sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एप्पलको बजार खोसेपछि हुवावेले ५६४ प्रतिशतले बढायो खुद नाफा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिनियाँ कम्पनी ‘हुवावे टेक्नोलोजिज’ को खुद नाफा सन् २०२४ को पहिलो त्रैमासमा ५६४% ले बढेर १९.६५ अर्ब युआन (२.७१ अर्ब डलर) पुगेको छ ।

हुवावेको माउ कम्पनी ‘हुवावे इन्भेष्मेन्ट एन्ड होल्डिङ कम्पनी’ ले नियामकलाई बुझाएको रिपोर्ट अनुसार मार्चमा सकिएको त्रैमासमा कम्पनीको आम्दानी ३७% ले बढेर १ खर्ब ७८ अर्ब ५० करोड युआन पुगेको रोयटर्सले उल्लेख गरेको छ ।

हुवावेको प्रदर्शनले कम्पनी विभिन्न अमेरिकी प्रतिबन्धहरुबाट माथि उठ्न सफल भएको प्रष्ट देखाएको छ । कम्पनीले उपभोक्ता र स्मार्ट कार उपकरणहरु लगायत व्यावसायिक एकाइहरुको प्रदर्शन कस्तो रह्यो भन्ने विषयमा भने खुलाएको छैन ।

तर हुवावेका प्रवक्ताले डिजिटलाइजेसन, बुद्धिमता र कार्बन उत्सर्जनमा कमीले आम्दानी वृद्धि गर्न मद्दत गरेको बताएका छन् । हुवावेले चीनमा एप्पलको बजार हिस्सा खोसेका कारण पनि नाफा वृद्धि गर्न सफल भएको हो ।

गत वर्ष हुवावेले घरेलुरुपमै निर्माण गरेको चिपजडित उच्च गुणस्तरको स्मार्टफोन सार्वजनिक गरेपछि एप्पलको बजार हिस्सा खोसेको थियो ।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा एप्पलको सेयर पहिलो त्रैमासमा १ वर्षअघिको १९.७% बाट घटेर १५.७% मा झरेको छ । जुन हुवावेसँग करिब बराबर हो । उक्त अवधिमा हुवावेका उत्पादनहरुको बिक्री ७०% ले बढेको थियो ।

gold
prabhu bank
nawakantipur long