१० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको लागि ५ संस्था ‘सर्टलिस्ट’

काठमाडौं । १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको लागि ५ संस्था ‘सर्टलिस्ट’ भएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गरिन लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको लागि पहिलो चरणमा ५ संस्था छानिएका हुन् ।
नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखा परीक्षक प्रारम्भिक छनोटमा परेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानीका सिएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रा.लि)०, एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स छनोटमा परेका छन् ।
भारतको केपिएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपिएमजी तसिर हादी एण्ड कम्पनी पनि छनोटमा परेका छन् । अहिले छानिएकाहरुलाई प्रस्ताव पेस गर्ने जानकारी केही समयपछि राष्ट्र बैंकले दिने भएको छ ।