भाटभटेनी सुपरमार्केटले आफ्नो २७औँ स्टोर झापाको दमकमा सञ्चालनमा
सामान खरिदमा भारी छुट
काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो २७औँ स्टोर झापाको दमकमा सञ्चालनमा ल्याएको छ ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबार स्टोर विधिवत् सञ्चालनमा ल्याएका हुन् । भाटभटेनीले ४० वर्षको अवधिमा २७ वटा स्टोर सञ्चालनमा ल्याएको छ ।
“नेपाल सरकार, अन्य नियामक निकाय एवम् शुभेच्छुकहरुको अटुट सहयोग, शुभेच्छा, मार्गदर्शन र विश्वासको फेरो समातेर हामीले चार दशकको सफल यात्रा सम्पन्न गरेका छौँ,” उद्घाटनका क्रममा गुरुङले भने ।
यस शुभारम्भको अवसरमा भाभटेनीमा रहेका सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतीय सामानहरुमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ ।