काठमाडौं महानगरमा निःशुल्क उपचार कार्यक्रम मार्फत् ११ जनाले लिए सेवा
काठमाडौं । काठमाडौं महानगरमा लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिएका छन् । उनीहरुमध्ये ५ जना उपचारपछि घर फर्किसकेका महानगरले जनाएको छ।
निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम फागुन १ गतेदेखि सेवा दिन काठमाण्डौ महानगरपालिकाले अस्पतालहरुलाई पत्र पठाएको थियो । सेवालाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।
निःशुल्क उपचारका लागि अनलाइन प्रणालीमा बिरामीको नाम दर्ता गराउने पहिलो अस्पताल काठमाण्डौ मोडेल अस्पताल हो ।
यस कार्यक्रम अन्तर्गत सेवाग्राहीलाई मोडेल अस्पतालसहित पिपुल्स कलेज एण्ड डेन्टल हस्पिटल, नेशनल किड्नी सेन्टर, ब्लु क्रस हस्पिटल र मेट्रो काठमाण्डौ हस्पिटलले सेवा दिएका छन् । मेट्रो हस्पिटलबाट एकजना बेवारिसे बिरामीलाई शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरिएको छ ।
प्रणालीमा ५२ वटा अस्पताल आबद्ध भएका छन् । यसमा ३ सय ७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् । निःशुल्क उपचार सेवा लक्षित वर्ग ९विपन्न, असहाय र वेवारिसे० का लागि हो ।