रियलमीको मेमोरी च्याम्पियन सी ५१ नयाँ भेरिएन्टमा नेपाली बजारमा
काठमाडौं । रियलमीको रियलमी सी ५१४ं१२८ जिबीको स्टोरेज भेरिएन्टमा नेपाली बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध रियलमी सी ५१ को मूल्य १४ हजार ४९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सी ५१ ले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्नेछ ।
कम्पनीका अनुसार ७।९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५१ ले कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गरेको छ ।
३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा ५ हजार एमएएचको ब्याट्री राखिएको छ ।
रियलमी सी ५१ मा ४ जिबी सम्मको डायनामिक र्यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुने भन्दै १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । रियलमीको ४ं६४ जीबी स्टोरेज भेरिएन्ट पनि १३ हजार ४९९ रुपैयाँमा उपलब्ध छ ।























