macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

फूडमाण्डुको भ्यालेन्टाइन डे कन्टेस्ट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपालको पहिलो तथालोक प्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षितगर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ ।

यस कन्टेस्ट अन्तर्गत फूडमान्ड मार्फत फूड अर्डर गर्ने ग्राहकमध्यबाट हरेक दिन ५ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र मार्फत छनोट गरिनेछ ।

उक्त भाग्यशाली विजेताहरुलाई मिनिसो, केटिएम सिटी, अभाता र फूडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ ।

विजेताहरू दैनिक रूपमा सोसल मिडिया प्लेटफर्महरूमा  घोषणा गरिनेछ र फूडमान्डूको  अफिसबाट गिफ्ट ह्याम्परहरु सङ्कलन गर्न सकिनेछ ।

यसका साथै ग्राहकहरुले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाइवान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरहरु समेत प्राप्त गर्न सक्नेछन् ।

फूडमान्डुले विभिन्नबैँक र वालेटहरुसँगको सहकार्यमा ग्राहकहरुलाई विभिन्न क्यास ब्याक अफरहरु समेत प्रदान गर्नेछ ।

यसबारे बोल्दै फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भन्नुभयो, “हाम्रा आदरणीय ग्राहकहरुलाई लक्षितगर्दै हामीले भ्यालेन्टाइन डेको अवसर पारेर आकर्षक अफरहरु ल्याएका छौँ । आशा छ कि हाम्रा ग्राहकहरुले यो अफरलाई मन पराइ दिनु हुनेछ र फूडमान्डुलाई अझै बढी माया र साथ प्रदान गर्नुहुनेछ ।”

माघ २४ देखि फागुन २ गतेसम्म लागु हुने यस अफरहरुमा सहभागी हुनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिनेछ ।

 

himalayan life insurance
igi long
NTA long ad