लगातार ३ दिन घटेको सुनको भाउ बुधबार भने बढ्यो
काठमाडौं । लगातार ३ दिन घटेको सुनको भाउ आज भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार, सोमबार र मंगलबार सुनको भाउ क्रमशः प्रतितोला ६००, ४०० र ५०० रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुन १ लाख १८ हजार रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको थियो ।
मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४.९६ डलरमा र चाँदी प्रतिऔंस २२.३५ डलरमा कारोबार भइरहेको छ ।