stcnepal long ad
ime life insurance
national life
global ime bank long

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.मा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मिति २०८० माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले दिपेश लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहनुभएको लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुखकार्यकारी अधिकृतको भुमिकामा रहनु भएको थियो ।

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यव्रmममा नवनियुक्त प्रमुख ार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाउनु भएको छ ।

साथै उँहाले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गर्नुभएको छ ।

विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।

IME Lifesidebar
kumari