sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

भिभोको छैठौं वार्षिकोत्सव सेल्स कार्निभलःसेलिब्रेसन, अफर र सरप्राइजहरू

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोको नेपालमा स्थापनको ६ वर्ष पूरा भएको छ । यस छैठौं वार्षिकोत्सवको अवसरमा भिभोले ग्राहकहरुलाई उत्सवमा सहभागीहुने समय भएको आभास गराएको छ ।

यो सेलिब्रेशनले भिभोले नेपालमा भित्र्याएको नवीनता, प्रविधि र कनेक्टिभिटीको सारलाई प्रतिध्वनित गर्दछ ।

भिभोले आफ्ना ग्राहकवर्गसंग उत्सवको उत्साहलाई बाँड्दैं सबैलाई आकर्षक अफरहरू तथा पुरस्कारहरू प्रदान गर्न आफ्नो वार्षिक डिसेम्बर सेल्स कार्निभल घोषणा गरेको हो ।

यो एक्सक्लुसिभ सेल्स कार्निभल डिसेम्बर ७ तारिख देखि शुरु भएर ५ जनवरी, २०२४ सम्म सञ्चालनमा रहने छ ।

नेपाली स्मार्टफोन बजारमा, अग्रणी ब्राण्ड मध्ये एक भिभो उत्कृष्ट प्रविधि सहित नवीन विशेषताका स्मार्टफोनहरू प्रदानगर्न प्रतिबद्ध रहेको छ । भिभोले शुरुवातदेखि नै नेपाली बजारमा आफ्नो स्थानलाई सुदृढ गर्दै धेरै कोशेढुङ्गाहरू पार गर्दै आइरहेको छ ।

भिभोको नोभेम्बर २०२३ को समग्र सेल्स १७८ प्रतिशतलले वृद्धि भएको छ जुन अघिल्लो वर्षको तुलनामा १९६ प्रतिशतले वृद्धि भएको हो।

स्लीक डिजाइन, अत्याधुनिक प्रविधि र प्रयोगकर्ताको सन्तुष्टिप्रतिको प्रतिबद्धताले ब्रान्डलाई प्रयोगकर्ताहरुको मन जित्नर धेरै मायाप्राप्तगर्न मद्दत पुगेको छ।

भिभोकोवार्षिक सेल्स कार्निभल २०२३

हरेक भिभो स्मार्टफोन खरिदमा ग्राहकहरुले नयाँ प्रविधिसंगै लक्की ड्र मा सामेल भएर आकर्षक पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

भिभो वाई २७ एसखरिद गर्ने पहिलो १००० ग्राहकहरूले नयाँ स्मार्टफोनको साथै ६ महिनासम्मको थप वारेन्टी पाउने छन् । साथै, एक जना बम्पर पुरस्कार विजेताको भाग्यशाली जोडीले निकै रोमाञ्चकएवं आकर्षक शहर दुबई घुम्ने अवसर प्राप्त गर्ने छन् ।

यसको साथै लक्की ड्र माग्राहकहरुको मन लोभ्याउने धेरै आकर्षक उपहारहरू रहेका छन् । ग्राहकहरुले लक्की ड्र माभिभोको नयाँ भी सिरिजका स्मार्टफोनहरुदेखि, रिभरसङ् इयरबडहरू, एक महिनासम्म निशुल्क स्क्रिनरिप्लेसमेन्ट, स्पिकर, साइड ब्याग, तथा बोतलहरु जित्ने अवसर प्राप्त गर्न सक्नेछन् जसलेप्रत्येक प्रविधि प्रेमीहरूको सपना पूरा गर्दछ ।

यसै उत्साहका बीचमा, भिभोले वाई सिरिजमा नयाँ स्मार्टफोन – वाई १७ एस (४जीवी+१२जीवी) सार्वजनिक गरेको छ ।

यो नयाँ स्मार्टफोनमा शक्तिशाली ५००० एमएएचको ब्याट्री, मिडियाटेक जी ८५ प्रोसेसरको रहेको छ । वाई १७ एस प्रयोगकर्ताहरुले निकै रुचाएकादुई आकर्षक– फरेस्ट ग्रीन र ग्लिटर पर्पल रंगहरूमा उपलब्ध छ ।

सेल्स कार्निभलकै सबैभन्दा आकर्षक अफर मध्ये एक यो स्मार्टफोन निकै सुलभ मुल्य रु १४,९९९ मा उपलब्ध हुनेछ । भिभोले पहिला नै वाई १७ एस (६ जीवी+१२८ जीवी) मा रु.१६,९९९ मा सार्वजनिक गरेको थियो र यो नयाँ स्मार्टफोनले ग्राहकहरुलाई नयाँ र्याम र रोमसहित परिष्कृत प्रयोगकर्ता अनुभवप्रदानगर्नेछ ।

सेल्स कार्निभलकोलक्की ड्र को कुरा गर्ने हो भने भिभो स्मार्टफोन खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।

यसका लागि ग्राहकहरुले क्यूआर कोड स्क्यान गरेर https://vivocarnival.com/वेबसाइटमा गएर आवश्यक विवरणहरु प्रविष्ट गरी पेश गर्नुपर्ने हुन्छ । त्यसपछि आधिकारिक रूपमा स्वत ग्राहकहरुलेआकर्षक उपह।रहरु जित्न सक्नेछन् ।

 

gold
kumari bank
nawakantipur long