citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सुनचाँदीको मूल्य बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै हिजोको तुलनामा एक हजार रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा  १ लाख १८ हजार र  तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो । जुन, आज तोलामा १४ सय ६५ रुपैयाँ कायम भएको छ ।

himalayan life insurance
igi long