macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

काठमाडौँस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिए

महानगरले तिरायो १ लाख जरिवाना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । काठमाडौँस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएको छ ।

कीरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रा।लि।लाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनी विरुद्ध काठमाडौँ महानगरमा उजुरी दिएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रा.लि.लाई महानगरले अब अर्को पटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यस्तै पानी बोतलमा भर्नु अगाडि बोतल अनिवार्य रूपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ ।

प्रा.लि.लाई महानगरले ढुवानीकर्तालाई पनि निर्देशन उपलब्ध गराउन भनेको छ । यस अघि पनि महानगरले पानीको जार कम्पनीलाई पटक पटक कारबाही गर्दै आएको छ ।

himalayan life insurance
igi long
NTA long ad