हिट्को कम्पनी ४९औं वर्षमा प्रवेश
काठमाडौं । बहुराष्ट्रिय कम्पनी ईएलजीआईका उत्पादनहरू नेपालमा बिक्री–वितरण गर्दै आएको हिट्को प्रालि ४९औँ वर्षमा प्रवेश गरेको छ ।
२०३२ मंसिर ७ गतेका दिन व्यवसायी अक्षतमान प्रधानद्वारा स्थापित हिट्को प्रा.लि. नेपालमा ईएलजीआईको अधिकृत विक्रेताका रुपमा रहेको छ ।
४८ वर्ष पूरा गरी ४९ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले आफ्ना ग्राहक, कर्मचारीलगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ ।
काठमाडौंको कपनमार्ग, महाराजगञ्जमा रहेको कम्पनीले नेपालका अटो तथा उद्योग क्षेत्रमा आवश्यक पर्ने एयर कम्प्रेसरका साथै अन्य विभिन्न इक्यूपमेन्टहरु बिक्री–वितरण गर्दै आएको कम्पनीका कार्यकारी निर्देशक प्रदीपमान प्रधानले जानकारी दिएका छन् ।
प्रदीपमान प्रधान व्यवसायी अक्षतमान प्रधानका छोरा हुन् । अक्षतमानले स्थापना गरेको कम्पनीलाई अहिले प्रदीपमानले नै निरन्तरता दिँदै आएका छन् ।
कार्यकारी निर्देशक प्रधानका अनुसार नेपालमा हिट्को कम्पनीले ऊर्जा बचत गर्दै वायु शक्तिले पनि उच्च प्रदर्शन दिन सक्छ भन्ने तथ्यलाई स्थापित गरेको छ ।
वातावरणीय सन्तुलन कायम गर्न र ध्वनि प्रदुषण घटाउन पनि नेपालमा एयर कम्प्रेसर उपयोगी बनिरहेको प्रधानको भनाइ छ । हिट्कोले पछिल्लो समय अटो र उद्योग क्षेत्रमा आवश्यक इक्यूप्मेन्ट आयात र बिक्री–वितरण गर्दै आएको छ ।
बहुराष्ट्रिय कम्पनीका रुपमा स्थापित ईएलजीआईका युरोपभर १०० भन्दा बढी अधिकृत सेवा प्रदाकयहरू तथा दुई सयबढी अधिकृत प्राविधिकहरू छन् ।