macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको  साधारण शेयरको बाँडफाँड

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा  मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको जारी पूँजीरु.७०,००,००,०००/– (अक्षरेपी सत्तरी करोड रुपैयाँमात्र) मध्ये २०% अर्थात रु.१४,००,००,०००/– (अक्षरेपीे चौंध करोड रुपैयाँमात्र) रकम बराबरको १४,००,००० कित्तासाधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको थियो ।

उक्त शेयर मध्येको १०% अर्थात १,४०,०००कित्ता शेयर प्रति शेयर रु.१००/अङ्कित दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि २०८०/०७/१० गतेदेखि मिति २०८०/०७/२४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

सो अवधि भित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आवेदकहरुमा उक्त निष्काशित शेयरहरुको आज २०८०/०८/०७ गते बिहानको १०ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड भएको छ ।

१,४०,००० कित्ता शेयर खरिदका लागि ३१,१९६जनाआवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३१,१९४ जना आवेदकहरुबाट ७,२३,०४०कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको थियो ।

धितोपत्र भन्दाअधिक धितोपत्रको लागि माग भएको र प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुगहुने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ माभएको व्यवस्था बमोजिम गोलाप्रथाको माध्यमबाट १४,००० सफल आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले कूल १,४०,००० कित्ता धितोपत्र बाँडफाँड गरिएको छ ।

himalayan life insurance
igi long
NTA long ad