citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

पर्यटन विधाको ठूलो करदाताको रुपमा मनकामना दर्शन प्रा.लि. सम्मानित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । मुलुकको अग्रणी केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि.पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ ।

मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मापर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो ।

सरकारले २०८० सालको राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीवार कम्पनीलाई सम्मानित गरेको हो । सो अवसरमा सबैभन्दा बढी कर दाखिलागर्ने विभिन्न विधाका १६ करदाता सम्मानित भएका थिए ।

प्रतिष्ठित व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले स्थापना गर्नु भएको मनकामनादर्शन प्रा.लि.ले २०५५ मंसिरदेखि चितवनको इच्छाकामना गाउँपालिका, चेरेशबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालनगर्दै आएको छ । कम्पनीले देशका अन्य भागमा पनि केबुलकार सञ्चालन गरिरहेको छ ।

gold
himalayan life insurance long ad