stcnepal long ad
global ime bank long

साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेको चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यो वर्ष दोब्बरले बढे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यो वर्ष दोब्बरले बढेको छ ।

असोज २१ देखि मङ्सिर ३ सम्म सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा कर्पोरेसनले गत वर्ष दुई करोड ६५ लाख कारोबार गरेकामा यस वर्ष गत वर्षभन्दा पाँच करोड सात लाख बढी कारोबार गरेको हो ।

कर्पोरेसनका अनुसार यो वर्ष यस अवधिमा सात करोड बराबरको कारोबार भएको छ भने अघिल्ला वर्षहरूमा दसैँतिहार सुपथ मूल्य पसलमा कर्पोरेसनले लगभग पाँच करोड बराबरको कारोबार गर्दै आएको थियो ।

कर्पोरेसनले विभिन्न आठ वटा बिक्री केन्द्र र तीन मोबाइल भ्यान मार्फत चिनी, नुन सहित सात प्रकारका सामान छुटमा बिक्री गरेको जानकारी दिनुभयो । विगतको तुलनामा यो पटक कर्पोरेसनको सबैभन्दा बढी कारोबार चिनीको भएको जानकारी दिनुभयो ।

कर्पोरेसनले सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी सात रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ र चामल, चिउरा प्रतिकेजी सात रुपियाँ र सूर्यमुखी, सोयबिन, तोरीको तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिएर बिक्री गरेको थियो ।

कर्पोरेसनले यस अवधिमा सञ्चालिन आठ वटा बिक्री केन्द्रबाट पाँच करोड रुपियाँ कारोबार भयो भने घुम्ती तीन वटा मोबाइल  भ्यानमार्फत ४१ लाख रुपियाँ बराबरको खाद्यवस्तु बिक्री भएको जनाएको छ ।

 

IME Lifesidebar
kumari