stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ब्रिटानिया, अमूल जस्ता उत्पादन आयात गर्दै आइरहेको युनाइटेड डिस्ट्रिब्युटर्सको सञ्चालन आम्दानी १३ अर्ब ७७ करोड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पीएन्ड जी, ब्रिटानिया, अमूल र एससी जोन्सन जस्ता स्थापित ब्रान्ड अन्तर्गतका उत्पादनहरु आयात गर्दै आइरहेको युनाइटेड डिस्ट्रिब्युटर्स (नेपाल) प्रा.लि ले सन् २०२३ मा १३ अर्ब ७७ करोड ३० लाखा रुपैयाँ (प्रोभिजनल) सञ्चालन आम्दानी गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यसले सन् २०२२ मा १३ अर्ब ८१ करोड, २०२१ मा १२ अर्ब ११ करोड, सन् २०२० मा ९ अर्ब ७० करोड र २०१९ मा ९ अर्ब २६ करोड रुपैयाँ बराबरको व्यापार गरेको देखिएको छ ।

पछिल्ला वर्षहरुको तुलनामा यसको व्यापार बढेको छ । कम्पनीले देश भित्र रहेका लगभग ३५ हजार आउटलेटमा वस्तु वितरण गर्दै आएको छ । यस कम्पनीमा विशाल समूहको ठूलो लगानी रहेको छ ।

कम्पनीले ६ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यसलाई ‘इक्रा एनपी ए२ प्लस’ रेटिन प्रदान गरेको छ ।

सन् २००३ मा स्थापित युनाइटेड डिस्ट्रिब्युटर्स (नेपाल) प्रा.लि विभिन्न फास्ट मुभिङ कन्जुमर गुड्स ‘एफएमजीसी’को राष्ट्रिय आयातकर्ता र वितरक हो ।

prabhu mahalaxmi
kumari