citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आकर्षक विशेषता भएको नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । भिभोले आक्रमक रुपमा नवीनतम विशेषता भएको आकर्षक स्मार्टफोनहरु बजारमा उपलब्ध गराउँदै आइरहेको छ । यसै अनुरुपम कम्पनीले ट्रेन्डी डिजाइन, उत्कृष्ट क्यामेरा र स्मुद कार्यसम्पादन क्षमता भएको वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई१७एस सार्वजनिक गरेको हो । भिभो वाई१७एस नेपाली बजारमा १६ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध रहेको छ ।

नवीन तथा आकर्षक विशेषता भएको वाई१७एस सबैलाई पहुँचयोग्य बनाउँन भिभोले यो नयाँ स्मार्टफोन निकै आकर्षक तथा सुलभ मुल्यमा सार्वजनिक गरेको हो । यो स्मार्टफोनले प्रयोगकर्ताहरुलाई आकर्षित गर्दै बजारमा हलचल ल्याउने भिभोको विश्वास रहेको छ ।

भिभो वाई१७एस मा मुलभुत रुपमा एलिगेन्ट डिजाइनलाई प्राथमिकतामा राखिएको छ । स्टाइल र कार्यक्षमता दुवैलाई सहज रूपमा एकीकृत गर्दै यो स्मार्टफोनमा एक ट्रेन्डी डुअल क्यामेरा डिजाइन रहेको छ ।

यसमा भएको २.५ डी सामग्रीले आरामदायी ग्रिप सुनिश्चित गर्नुका साथै सोफेस्टिकेशनको स्पर्श थप्दै, प्रतिस्पर्धाबाट अलग बनाउने कम्पनीको भनाई छ । भिभो वाई१७एस दुई आकर्षक रंगहरू – ग्लिटर पर्पल र फरेस्ट ग्रीनमा उपलब्ध रहेको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने “भिभो वाई१७एस ले स्मार्टफोन बजारमा उत्कृष्टताका लागि नयाँ मापदण्डहरू स्थापना गर्दै नवप्रवर्तनको सीमालाई अघि बढाउने हाम्रो अटल प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ ।

यसको आकर्षक डिजाइन, उत्कृष्ट क्यामेरा क्षमताहरू र अद्भूत विशेषताहरुले गर्दा स्मार्टफोन अनुभवलाई पुनः परिभाषित गर्ने ग्राउन्डब्रेकिंग उपकरण बनाउँछ । हाम्रो प्रयोगकर्ताहरू स्मार्टफोनको सुविधाहरुको कुनै सम्झौता नगरि सर्वोत्कृष्ट उपकरण डिजर्भ गर्छन् र वाई१७एस त्यो विश्वासको प्रमाण हो भन्ने हामी दृढतापूर्वक विश्वास गर्छौं ।”

भिभो वाई१७एस को क्यामेरा क्षमताहरू साँच्चै उल्लेखनीय छन्, जसले उच्च पिक्सेल सँग अल्ट्रा–क्लियर तस्वीरहरू प्रदान गर्ने साथै प्रभावशाली ५० एमपी पोट्र्रेट क्यामेरा, २ एमपी बोकेह क्यामेरा, र ८ एमपी फ्रन्ट क्यामेराको साथ यो स्मार्टफोनले हरेक विवरण खिच्न विकल्पहरूको दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

भिभो वाई१७एस मा ५००० एमएएचको विशाल ब्याट्री रहेको छ, जसले दिनभर निर्बाध रुपमा कनेक्टिभिटी र उत्पादकता सुनिश्चित गर्दछ ।

काम गर्न होस् वा स्ट्रिमिङ गर्न वा गेमिङका लागि होस्, यो स्मार्टफोनमा भएको शक्तिशाली ब्याट्रीले आवश्यक शक्ति सुनिश्चित गर्ने कम्पनीको दाबी छ । वाई१७एस मेमोरी बूस्टरले सुसज्जित छ र यो ६ जीवी ६ जीवी एक्सटेन्डेड र्यामको साथ आउँछ जसले सिमलेस मल्टिटास्किङ र कार्यसम्पादन सुनिश्चित गर्दछ । चाहे कोही व्यक्तिले मल्टिपल एपहरू चलाउछन, ग्राफिक–इन्टिनसिभ खेलहरूमा लिप्त छन्, ।

यो स्मार्टफोनले बहुमूल्य पलहरू, एपहरू र फाइलहरू स्टोर गर्न पर्याप्त ठाउँ उपलब्ध गराउँदै प्रभावशाली १२८ जीवी को ठूलो रोम प्रदान गर्दछ र यसमा आईपी५४ डस्ट र वाटर रेजिस्टेन्स पनि छ, जसले उपकरणलाई अतिरिक्त स्तरको सुरक्षा प्रदान गर्दछ ।

वाई१७एस मा हाई–ब्राइटनेस डिस्प्ले रहेको छ जसले सबैभन्दा उज्यालो वातावरणमा पनि क्रिस्टल–क्लियर भिजुअलहरू प्रदान गर्दछ ।

यो स्मार्टफोनमा जीवन्त रंगहरू र सार्प विवरणहरूको साथ उत्कृष्ट दृश्य अनुभवमा सुनिश्चित गर्न स्क्रिनको प्रत्येक पक्षमा जीवन्त रंगहरू तथा सटीक विवरणहरू फाइन–ट्यून गरिएको छ ।

नियमित डिस्प्ले ब्राइटनेस ७०० निटसम्म पुग्छ र विभिन्न प्रकाश अवस्थाहरूमा उत्कृष्ट दृश्यता प्रदान गर्दछ । यसबाहेक, ती क्षणहरूका लागि जब तपाईंलाई अझ बढी प्रकाश चाहिन्छ, यसले ८४० निटसम्मको पिक ब्राइटनेस प्रदान गर्दै यो सुनिश्चित गर्दछ कि तपाईंको स्क्रिन प्रत्यक्ष सूर्यको किरण वा उज्यालो वातावरणमा पनि सजिलै पढ्न सकिने जनाएको छ ।

himalayan life insurance
igi long