citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ५ प्रतिशत लाभांश दिने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्न प्रस्ताव गरिएको लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाको हाल कायम चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । सो पुँजीको ४.७५ प्रतिशतका दरले ८ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८ लाख ३१ हजार २५० कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, ०.२५ प्रतिशतका दरले ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा प्रस्तुत गरिनेछ ।

साधारणसभाबाट पारित भएपछि सभाका लागि सेयरधनी दर्ता किताब बन्द हुने समयमा कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

IME Life
kumari