छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग खुला रहने
काठमाडौं । छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग खुला रहने भएको छ।विभागका महानिर्देशक दीपक विश्वकर्माका अनुसार सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै कात्तिक ३० गते सोमबार पनि नियमित सेवा सञ्चालन गरिनेछ।
उक्त दिन बिहान ९ देखि अपराह्न ४ बजेसम्म अन्य कार्यदिनमा झैँ राहदानीसम्बन्धी सेवा उपलब्ध हुने विभागले जनाएको छ। सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई असुविधा नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।























