citizens life insurance long ad
stcnepal long ad

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइपश्चात राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका थिए ।

नवनियुक्त न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी छन् ।

IME Life
kumari