stcnepal long ad
global ime bank long

बक्यौता महशुल तिर्दा जरिवाना छुट दिने नेपाल टेलिकमको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ सम्मको दूरसञ्चार सेवा उपयोग बापतको बक्यौता महशुल तिर्दा लाग्ने जरिवाना छुट दिने घोषणा गरेको छ ।

कम्पनीका अनुसार सम्बन्धित ग्राहकले आगामी पुस मसान्तभित्र बक्यौता रकम भुक्तानी गरेमा सो रकममा लाग्ने जरिवाना पूर्ण रूपमा छुट प्रदान गरिनेछ ।

नेपाल टेलिकमले ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा गई उक्त सुविधाको सदुपयोग गर्न आग्रह गरेको छ ।

साथै, तोकिएको अवधिभित्र बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकहरूको नामावली कम्पनीको वेबसाइट तथा राष्ट्रिय पत्रिकामार्फत सार्वजनिक गरी कानुन बमोजिम असुली प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari