stcnepal long ad
global ime bank long

आजबाट लक्ष्मी सनराइज बैंकको रु ३ अर्बको ऋणपत्र बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज साउन १४ गतेदेखि लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले ‘लक्ष्मी सनराइज डिबेन्चर २०९२’ निष्कासन गरेको हो।

यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गरिनेछ।बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ।

सर्वसाधारणलाई जारी गरिने कुल इकाइ ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यस ऋणपत्र निष्कासन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयपछि हुनेछ। यो ऋणपत्र १० वर्ष अवधिको हो। यसमा लगानीकर्ता वार्षिक रुपमा ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।

IME Lifesidebar
kumari