stcnepal long ad
ime life insurance
national life
global ime bank long

मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन सञ्चालनमा आयो मुख्य खण्ड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चिनियाँ निर्माण कम्पनीले काम नगर्दा करिब सात वर्षदेखि निर्माण अवरुद्ध रहेको मार्की चोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । कोरिडोरको मुख्य खण्डसमेत रहेको प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्की चोकदेखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यु भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर डबल सर्किट प्रसारण लाइनको अधुरो काम आयोजना प्रवर्धक समितिको रोहबरमा सहायक निर्माण कम्पनीमार्फत सम्पन्न भएको हो ।

यो निर्माणपश्चात् ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दीखोला–१, २७ मेगावाटको दोर्दीखोला, ३० मेगावाटको न्यादी, ८.६९ मेगावाटको चेपेखोला तथा ९.०५ मेगावाटको सुपर चेपेखोला जलविद्युत् आयोजनालाई पूर्ण क्षमतामा विद्युत् आपूर्ति गर्न सक्ने अवसर मिलेको छ ।

विसं २०७४ मै चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले यो प्रसारण लाइन निर्माणको जिम्मा पाएको थियो तर सात वर्षसम्म पनि सो कम्पनीले ८४ वटा टावरमध्ये केवल ३५ वटाको आधारभूत र १० वटा टावर ठड्याउने काम मात्र गरेको थियो । निर्माणको गति अत्यन्त सुस्त भएपछि नेपाल विद्युत् प्राधिकरणले २०८१ मङ्सिर ५ गते उक्त निर्माणको जिम्मेवारी नेपालको निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तारणपछि मर्स्याङ्दी कोरिडोरका सात जलविद्युत् आयोजनाले संयुक्त रूपमा निर्माण अघि बढाउने निर्णय गर्दै करिब चार करोड ९६ लाख रुपियाँ थप लगानी गर्ने गरी भिभा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएका थिए । सोपश्चात् बाँकी काम करिब डेढ वर्षमा सम्पन्न भएर शनिबारदेखि नियमित सञ्चालनमा आएको हो ।

आयोजना सञ्चालनमा आएपछि मस्र्याङ्दी कोरिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह भई देशको विद्युत् प्रणाली अझ प्रभावकारी र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ ।

प्रसारण लाइन सञ्चालनसँगै यस क्षेत्रमा बारम्बार हुने ट्रिपिङ तथा ‘झ्याप झ्याप’ बत्ती जाने समस्यामा उल्लेखनीय कमी आउने अपेक्षा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको छ साथै विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता बढ्नुका साथै विद्युत् आपूर्तिको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बर्खायाममा मस्र्याङ्दी कोरिडोरका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाले उत्पादन गरेको सम्पूर्ण विद्युत् अब भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताउनुभयो । “प्रसारण क्षमताको अभावका कारण कम क्षमतामा सञ्चालन गर्नुपर्ने जलविद्युत् आयोजनालाई पनि अब राहत पुग्ने भएको छ,” उहाँले भन्नुभयो ।

मार्र्की चोक–भरतपुर २२० केभी प्रसारण लाइन युरोपेली विकास साझेदारको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

यो प्रसारण लाइन मस्र्याङ्दी, दोर्दी, त्रिशूली नदी तथा तिनका सहायक खोलामा निर्माण भएका र निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न अत्यन्त महìवपूर्ण मानिएको छ । प्रसारण पूर्वाधार अभावका कारण खेर जाने जोखिममा रहेको विद्युत् अब राष्ट्रिय ग्रिडमार्फत उपभोग तथा व्यापारका लागि उपयोग गर्न सकिने भएको छ ।

 

IME Lifesidebar
kumari