stcnepal long ad
global ime bank long

तीन खर्बले बढ्यो सार्वजनिक ऋण, पुरानो ऋण तिर्नै नयाँ ऋणको भर

पुरानो ऋण तिर्नै नयाँ ऋणको भर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। सरकारको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म करिब दुई खर्ब ८७ अर्ब रुपैयाँ बढेर २९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।

राजस्वले नियमित खर्चसमेत धान्न नसक्दा सरकारले नयाँ ऋण लिएर पुरानो ऋणको साँवा–ब्याज तिर्ने र बजेट घाटा व्यवस्थापन गर्ने अवस्था कायम रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको सुरुआतमा २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण जेठसम्म आइपुग्दा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४.८७ प्रतिशत बराबर पुगेको छ ।

११ महिनामा सरकारले ४ खर्ब १८ अर्ब रुपैयाँ ऋण उठाएको छ भने ३ खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ साँवा र ब्याज भुक्तानीमा खर्च गरेको छ ।

यसमध्ये २ खर्ब ८४ अर्ब रुपैयाँ साँवा र ६७ अर्ब रुपैयाँ ब्याज तिर्न खर्च भएको छ । कुल सार्वजनिक ऋणमध्ये १५ खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक र १३ खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको छ ।

आन्तरिक ऋण परिचालन लक्ष्यको ९३.५५ प्रतिशत पुगे पनि वैदेशिक ऋण परिचालन भने लक्ष्यको ३४.०१ प्रतिशतमै सीमित छ ।

विशेषज्ञहरूले ऋणको ठूलो हिस्सा पुरानो दायित्व तिर्न र चालु खर्च धान्न प्रयोग भइरहेकाले सार्वजनिक ऋणको गुणस्तरमा प्रश्न उठ्न थालेको बताएका छन् ।

उत्पादनमूलक क्षेत्रमा प्रभावकारी लगानी, राजस्व विस्तार र अनुत्पादक खर्च नियन्त्रण नगरे आगामी वर्षहरूमा ऋणको भार अझ बढ्ने चेतावनी दिइएको छ ।

IME Lifesidebar
kumari