stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिद्धार्थ बैंकको सातवटा शाखा शाखा समायोजन हुँदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका सातवटा शाखा शाखा कार्यालय समायोजन गर्ने भएको छ । बैंकले काठमाडौं, ललितपुर र पोखराको विभिन्न शाखा कार्यालय समायोजन गर्ने भएको हो ।

बैंकले काठमाडौंस्थित कालोपुल शाखा कार्यालय चाबहिल शाखा कार्यालयमा, कुलेश्वर शाखा कार्यालय कालिमाटी शाखा कार्यालयमा र नरदेवी शाखा कार्यालय पुतलीसडक शाखा कार्यालयमा समायोजन गर्ने भएको छ ।

त्यस्तै ललितपुरको जावलाखेल शाखा कार्यालय बी एण्ड बी शाखा कार्यालयमा, पोखराको चिप्लेढुंगा र बुद्धचोकको शाखा कार्यालय पोखरा सभागृहस्थित शाखा कार्यालयमा र बगरस्थित शाखा कार्यालय पस्र्याङस्थित शाखा कार्यालयमा गाभ्न लागेको हो ।

स्थानान्तरित शाखा कार्यालयबाट साउन १ गतेदेखि एकीकृत कारोबार गरिने बैंकले जनाएको छ । शाखा समायोजन गर्दा लकर पनि स्थानान्तरण हुने भएकोले टुटफुट हुने सामग्री भएमा असार २६ गतेसम्म लकरबाट निकालिसक्न ग्राहकलाई बैंकले आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari