stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेबोनका नवनियुक्त अध्यक्ष भट्टद्वारा सपथ ग्रहण

अर्थमन्त्री वाग्लेले दिए यस्ता निर्देशन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं  । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका हुन्। असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो।

शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए। कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उनले भट्टलाई निर्देशन दिए।

लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्री वाग्लेको भनाइ थियो। ‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्’, उनले भने, ‘म साथमा छु। सरकारले सबैखाले सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस्।’

अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका कामहरु गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि भट्टलाई निर्देशन दिए। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि भट्टलाई निर्देशन दिए।

वाग्लेले भट्टलाई धेरै बोलेर नभई कामले प्रमाणित गर्न पनि बताए। ‘पुँजी बजार सुधारका योजनाहरु समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस्। बजारमा कन्फिडेन्स बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्’, उनले भने, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन। धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस्। मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ।’

कार्यक्रममा अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए। आफ्नो ज्ञान, अनुभव र सिपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्ति गरे।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरु कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने भट्टँको भनाइ थियो।

prabhu mahalaxmi
kumari