stcnepal long ad
ime life insurance
national life
global ime bank long

फोरजीमा अपग्रेड हुन १३ जिल्लामा थ्रीजी बन्द गर्दै एनसेल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो नेटवर्कलाई थप अत्याधुनिक र शक्तिशाली बनाउन भन्दै विभिन्न जिल्लामा थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको छ।

कम्पनीले यही असार २२ गतेदेखि थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको हो। नयाँ प्रविधि अपनाउँदै सेवाको गुणस्तरमा स्तरोन्नति गर्ने योजना अनुरूप यो कदम चालिएको कम्पनीको भनाइ छ।

पहिलो चरणमा कोसी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिनेछ। गण्डकी र सुदूरपश्चिम प्रदेशका जिल्लालाई भने यस चरणमा समेटिएको छैन।

पहिलो चरणमा १३ जिल्लामा सञ्चालनमा रहेका २२० भन्दा बढी टावरबाट थ्रीजी सेवा बन्द हुने भएको छ। हाल एनसेलका धेरै ग्राहकसँग फोरजी सिमकार्ड र फोरजी सपोर्ट गर्ने मोबाइल भए पनि कतिपयले थ्रीजी नै प्रयोग गरिरहेका छन्।

थ्रीजी सेवा बन्द भए पनि ग्राहकले सञ्चार सेवामा कुनै समस्या झेल्नु नपर्ने र अझ उत्कृष्ट अनुभव प्राप्त गर्ने कम्पनीको दाबी छ। एनसेलले आफ्ना ग्राहकलाई अझ राम्रो र स्पष्ट भोइस तथा तीव्र गतिको डेटा सेवाका लागि भोल्टे सेवा सक्रिय गर्न आग्रह गरेको छ।

यो सेवा सक्रिय गरेपछि ग्राहकले पुरानै शुल्कमा उच्च गुणस्तरको एचडीभोइस र निर्बाध इन्टरनेट सेवाको लाभ लिन सक्नेछन्।

यसका लागि आफ्नो मोबाइलको सेटिङमा गएर भोल्टे अप्सनलाई अन गर्नुपर्ने हुन्छ। त्यसपछि *१२३*११# डायल गरी यो सेवा सक्रिय गर्न सकिनेछ।

कम्पनीका अनुसार हाल एनसेलको फोरजी नेटवर्कले देशको करिब ९५ प्रतिशत जनसंख्यालाई समेटिसकेको छ। अझ उन्नत र आधुनिक प्रविधिमार्फत ग्राहकलाई उच्च गुणस्तरको दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको एनसेलले बताएको छ।

prabhu mahalaxmi
kumari