citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

२९औँ वर्षमा प्रवेश गर्यो मनकामना केबलकार, २ करोड १२ लाख यात्रुलाई सेवा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले सफल सञ्चालनको २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ ।

चितवन को–इ समूह अन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकार मंगलबार (मंसिर ८ गते)देखि २९औँ वर्षमा प्रवेश गर्न लागेको हो ।

सञ्चालनमा आएको साढे दुई दशकभन्दा बढी समय बिताइसकेको मनकामना केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ ।

नेपालको पर्यटन पूर्वाधार विकासमा नयाँ आयाम थपेको यस आयोजनाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नुका साथै मनकामना क्षेत्रको आवागमनलाई सहज बनाउँदै आएको छ ।

संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र नेतृत्वमा स्थापना भएको मनकामना केबलकार नेपालमा केबलकार पर्यटनको सुरुआत गर्ने अग्रणी परियोजना हो ।

यसको सञ्चालनले धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा मनकामना क्षेत्रको पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।

२८औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

IME Life
kumari