citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

१० वर्षसम्म नि:शुल्क वारेन्टी दिने रोयल इन्फिल्डको नयाँ योजना

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

रोयल इन्फिल्डले नोभेम्बर २०, २०२६ देखि ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्डमा १० वर्षसम्मको सर्भिस एक्टिभेटेड वारेन्टी कार्यक्रम सुरु गरेको छ। सो योजना अन्तर्गत ग्राहकहरूले कुनै अतिरिक्त शुल्क नतिरी आफ्नो मोटरसाइकलमा १० वर्षसम्म वारेन्टी सुविधा प्राप्त गर्न सक्नेछन्।

सो कार्यक्रमले ग्राहकलाई मोटरसाइकलको नियमित मर्मतसम्भारका लागि सर्भिस सेन्टरसँग जोडिराख्नुका साथै मोटरसाइकलको विश्वसनीयता कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

सुरुमा रोयल इन्फिल्डका मोटरसाइकलमा ३ वर्षको फ्याक्ट्री वारेन्टी उपलब्ध हुनेछ। उक्त वारेन्टी अवधि समाप्त भएपछि ग्राहकले प्रत्येक वर्ष आफ्नो मोटरसाइकल रोयल इन्फिल्ड डिलरशिपमा निर्धारित समयअनुसार सर्भिसिङ गराउनुपर्नेछ।

प्रत्येक सर्भिस पूरा गरेपछि वारेन्टी अवधि थप १ वर्षका लागि स्वतः नवीकरण हुनेछ। मोटरसाइकल १० वर्ष पुरानो नहुँदासम्म वा करिब १ लाख १२ हजार ६५४ किलोमिटर नचल्दासम्म वारेन्टी सुविधा कायम राख्न सकिनेछ।

सो योजना कम्पनीका नयाँ मोटरसाइकल खरिदकर्ताका लागि मात्र नभई बेलायतमा रहेका सबै रोयल इन्फिल्डका ग्राहकका लागि पनि उपलब्ध हुनेछ। सो वारेन्टी योजनामा क्लासिक ३५०, हन्टर ३५०, मेटियर ३५०, बुलेट ३५०, हिमालयन ४५०, गुरिल्ला ४५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल जीटी ६५०, सुपर मेटियर ६५०, सटगन ६५०, बियर ६५०, क्लासिक ६५० का साथै नयाँ ७५० सीसी मोडल समावेश गरिएको छ। तर, हिमालयन ४११ र स्क्र्याम ४११ जस्ता पुराना ४११ सीसी मोडल भने यो योजनामा लागू गरिएको छैन ।

कुनै ग्राहकले आफ्नो मोटरसाइकल आधिकारिक डिलरको सट्टा स्थानीय ग्यारेज वा अन्य मेकानिकबाट  सर्भिसिङ गराएको  छ  भने पनि वारेन्टी योजनामा पुनः सहभागी हुने अवसर दिइएको छ।

त्यसका लागि ग्राहकले आधिकारिक डिलरमा सशुल्क सर्भिसिङ गराउनुका साथै मोटरसाइकलको नि:शुल्क सर्भिसिङ गर्नुपर्नेछ। त्यसपछि वारेन्टी दाबी गर्नुअघि ३० दिनको प्रतीक्षा अवधि लागू हुनेछ।

IME Life
kumari