stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

इप्पानमा भ्लोन समूहबाट ६ निर्विरोध चयन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) मा उत्तम भ्लोन समूहका ६ जना निर्विरोध चयन भएका छन् ।

आगामी कार्यकालका लागि शुक्रबार हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्ष भ्लोनको प्यानलबाट उपमहासचिव १ जना र ५ जना सचिव निर्विरोध चयन भएका छन् । उपमहासचिवमा भ्लोनको प्यानलबाट कविता पोखरेलको मात्रै उम्मेदवारी परेको थियो ।

निर्वाचनमा खतिवडा समूहबाट उप महासचिवमा कसैको पनि आवेदन परेको छैन । यो सँगै उपमहासचिवमा भ्लोनको प्यानलबाट पोखरेल निर्विरोधन चयन भएकी छिन् ।

यस्तै सचिवमा भ्लोन समूहबाट अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणी नेपाल, विजय मोहन भट्टराई र सुमन कुमारी जोशी निर्विरोध चयन भएका हुन् ।

निर्वाचनका लागि खतिवडा समूहबाट सचिव पदका लागि कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमलालाई उम्मेदवार बनाइएको थियो ।
इप्पानको विधानले एक कार्यकाल कार्यसमिति सदस्य भएको व्यक्ति मात्रै पदाधिकारी लड्न पाउने व्यवस्था गरेको छ ।

यद्यपी निर्वाचन समितिले भने औपचारिक रुपमा घोषणा गरेको छैन । निर्वाचनमा भ्लोन र बलराम खतिवडा समूह प्यानल बनाएर होमिएका छन् ।

prabhu mahalaxmi
kumari