stcnepal long ad
ime life insurance
national life
global ime bank long

दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छाविरूद्ध तीन फरक अदालतमा मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । व्यवसायीहरु दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छाविरूद्ध विभिन्न तीन अदालतमा मुद्धा दर्ता भएको छ ।

विशेष अदालत, उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा उनीहरुविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको हो । भट्ट, अग्रवाल र गोल्छासहित ४२ जनाविरूद्ध बीमा ऐन–२०७९ अन्तर्गत आर्थिक हिनामिना गरेको अभियोगमा मुद्धा दायर गरिएको छ ।

बीमा प्राधिकरणका  तत्कालीन अध्यक्ष शरद ओझा र मदन दाहालविरूद्धसमेत मुद्दा दायर भएको छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका अध्यक्ष गोल्छा सहित १० जनाविरूद्ध दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० तथा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ सहित ९ जनाविरूद्ध १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

भृकुटी ब्रोकिङ कम्पनीका सन्दीप चाचान अग्रवाल, सुधा कर्ण र राजीव ठाकुर, शुलभ अग्रवालविरूद्ध ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ तथा भट्टसँग दुई अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ बिगो माग दाबी भएको छ ।

धितोपत्र सम्बन्धी ऐन–२०६३ अनुसारको कसुरमा ती तीन व्यापारीसहित ८१ जना प्रतिवादीविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको हो ।

उच्च अदालत पाटनमा भट्ट, शंकर अग्रवाल तथा उनका दुई छोरा शाहिल र शुलभ अग्रवालविरूद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको छ । उनीहरुलाई ४२ करोड १४ लाख ८८ हजार ८ सय ७ रुपैयाँ बिगो तोकिएको छ ।

IME Lifesidebar
kumari