stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने भएका छन् । भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएलगत्तै उनको चीन भ्रमण तय भएको हो ।

स्रोतका अनुसार मन्त्री खनाल जेठ ३१ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदाय तथा डायस्पोराका प्रतिनिधिहरूसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ । उनी असार १७ गते नेपाल फर्किने तालिका रहेको बताइएको छ । यद्यपि, परराष्ट्र मन्त्रालयले मन्त्री खनालको चीन भ्रमणको मिति, कार्यक्रम र एजेन्डाबारे औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

यसअघि परराष्ट्रमन्त्री खनाल जेठ २२ गते भारत भ्रमणमा गएका थिए र जेठ २४ गते काठमाडौं फर्किएका थिए। भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेका थिए ।

prabhu mahalaxmi
kumari