stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एभरेष्ट इन्जिनियरिङ कलेजमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुरको सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले सन् २०२५ शैक्षिक सत्रका भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम तथा सन् २०२१ ब्याचका विद्यार्थीहरूका लागि बिदाइ कार्यक्रम आज प्रज्ञा भवन, कमलादिमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा नेपालका इन्जिनियरिङ र आर्किटेक्चर विधाका परामर्शदात्री निकायहरूको साझा संस्था स्काफ-नेपालका अध्यक्ष इन्जिनियर ठाकुर प्रसाद शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

उद्घाटन मन्तव्यमा इन्जिनियर शर्माले नवआगन्तुक विद्यार्थीहरूलाई अनुशासित हुन र पढाई सकिएका विद्यार्थीहरूलाई आफ्नो तथा कलेजको व्यावसायीक प्रतिष्ठा उच्च हुने गरी काम गर्न सुझाव दिनु भयो।

कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, चेस तथा डोरीतान्ने (टग-अफ-वार) लगायत विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक वितरण गरिएको थियो। साथै, निबन्ध प्रतियोगिता तथा सनातक तहको अन्तिम वर्षमा सम्पन्न गरिने परियोजनामा उत्कृष्ट भई विजेता भएकाहरूलाई पनि बेष्ट प्रोजेक्ट प्रमाणपत्र र पदकद्वारा सम्मान गरिएको थियो।

कलेजले शैक्षिक वर्ष २०२५ मा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई खादा लगाई स्वागत गरेको थियो। विश्वविद्यालयले लिने सत्रान्त परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने तथा बोर्ड परीक्षामा उच्च ग्रेड ल्याउने विद्यार्थीहरूलाई पनि खादा तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

त्यसैगरी, शैक्षिक वर्ष २०२१ मा बि.ई. सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधि इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरूलाई कलेजले खादा तथा मायाको चिनो सहित बिदाइ गरेको थियो। औपचारिक कार्यक्रम सम्पन्न भएपछि विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरी आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए।

स्वागत तथा बिदाइ कार्यक्रम कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन कलेजका शिक्षक इन्जिनियर नुजहत अहमद तथा कम्प्युटर विभागका विभागीय प्रमुख इन्जिनियर मुकुन्द पौडेलले गर्नुभएको थियो।

prabhu mahalaxmi
kumari