stcnepal long ad
global ime bank long

जेठ ८ गतेदेखि कालंगा हाइड्रोले सर्वसाधारणमा आईपीओ जारी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणमा जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात ४९ करोड बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता बाँडफाँड गरिसकेको छ।

कम्पनीले बाँकी शेयरमध्ये सामूहिक लगानी कोषलाई १ लाख ७५ हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई १ लाख ५ हजार कित्ता सुरक्षित गरी बाँकी रहने २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यदि जेठ १३ गतेसम्म मागभन्दा कम मात्रामा आवेदन परेको खण्डमा भने आवेदन अवधि जेठ २२ गतेसम्म लम्बिन सक्नेछ।

यद्यपि पछिल्लो समय आईपीओमा पर्ने गरेको आवेदन अनुसार जेठ १३ गते अगावै मागभन्दा बढी आवेदन परिसक्ने निश्चित छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

IME Lifesidebar
kumari